जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिख युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ। बर्लिनको घरेलु मैदानमा भएको खेलमा शीर्षस्थानमा रहेको बायर्न १-१ को बराबरीमा रोकिएको हो।
खेलको सुरुवातमै घरेलु टोलीले अग्रता बनाएको थियो। ग्रिसछा प्रोमेलले खेलको चौथो मिनेटमै क्रिस्टोफर ट्रिमेलको पासमा गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा बर्लिन एक गोलले अघि रह्यो।
दोस्रो हाफमा बायर्न खेलमा फर्कियो। बायर्नका लागि किंग्सले कोमनको पासमा गोल गर्दै रोबर्ट लेवान्डोस्कीले खेलको ६७ औं मिनेटमा खेल बराबरीमा ल्याए। र, त्यसपछि दुबै टिमबाट गोल नहुँदा खेल १-१ को बराबरीमा टुंगियो।
बराबरीका बावजुत बायर्न अंकतालिकाको शीर्षस्थानमा कायम छ। ११ खेलबाट २४ अंक जोडेको बायर्न शीर्षस्थानमा रहँदा समान खेलबाट समान २४ अंक जोडेको आरबी लाइपजिग तालिकाको दोस्रो स्थानमा छ।
त्यस्तै १७ अंक जोडेको युनियन बर्लिन तालिकाको छैठौं स्थानमा छ।
