PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

बाला चतुर्दशीको पूर्व सन्ध्यामा देखिएको पशुपति परिसर

बाला चतुर्दशीको पूर्व सन्ध्यामा देखिएको पशुपति परिसर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज बाला चतुर्दशी। दिवंगत पितृको नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा सतबीज छर्ने दिन पनि। यसका लागि शनिवार साँझबाटै मानिसहरु पशुपति मन्दिर क्षेत्र आइपुग्छन्। यसपटक भने बाला चतुर्दशीको पूर्वसन्ध्यामा शनिवार साँझ पशुपति क्षेत्रमा मानिसहरुको उपस्थिति कम देखियो।

त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोरोनाका कारण यस वर्ष बाला चतुर्दशीको अवसर पारेर मङ्सिर २७ र २८ गते पशुपति क्षेत्रमा लाग्ने मेला स्थगित गरिएको कोषले जनाएको छ।

बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरी शतबीज छर्ने गर्छन्। यस दिन शिवालयमा दीपदान गरी शतबीज छरेमा दिवङ्गत पितृले पाउने विश्वास गरिन्छ।

कोरोना महामारी बढेपछि गत वर्ष चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भने पुस १ गतेदेखि खुल्ला गर्न लागिएको कोषले जनाएको छ। भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर भक्तजनलाई मन्दिर प्रवेश गराई दर्शनको व्यवस्था मिलाइने कोषले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell