PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भारु ५ सयको नोट सहित भारतीय नागरिक समातिए



पहिलोपोस्ट

भारु ५ सयको नोट सहित भारतीय नागरिक समातिए

काठमाडौंः प्रहरी भारतीय रुपैयाँ ५ सयको नोट सहित एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको टोलीले चेक गर्दा ५ सयका ३ सय ९० वटा नोट फेला पारेको हो।

भारत सुन्दर बिहार पश्चिम दिल्ली बस्ने  ५६ वर्षीय महेश चन्द्रलाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell