PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

पशुपतिमा सतबिज छर्नेको घुइँचो

पशुपतिमा सतबिज छर्नेको घुइँचो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बाला चतुर्दशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा सतबिज छरिएको छ।

त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा सतबिज छरिएको हो। यो वर्ष कोरोना महामारीका कारण दीप दान गर्न प्रतिबन्ध लगाइएपनि भक्तजनहरु मन्दिर परिसर पुगेका थिए। भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरेर सतबिज छर्न भने रोक नलगाइने जनाइएपनि त्यो कार्यान्वयन भएको देखिँदैन।

बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरी सतबिज छर्ने गर्छन्। यस दिन शिवालयमा दीपदान गरी सतबिज छरेमा दिवङ्गत पितृले पाउने विश्वास गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell