PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नारायणकाजी मुछिएको विवादमा प्रचण्डको बचाउ : कमरेडले मिल्नुस् भनेबाहेक अरु केही गरेको देखिँदैन



पहिलोपोस्ट

नारायणकाजी मुछिएको विवादमा प्रचण्डको बचाउ : कमरेडले मिल्नुस् भनेबाहेक अरु केही गरेको देखिँदैन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आइतवार बालुवाटारमा बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा लामाको निधनबारे पार्टीले शोक ब्यक्त गरेको थियो। बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कमानसिंह लामा र नारायणकाजीको विवादबारे भ्रममा नपर्न आग्रह गरेका थिए।

'प्रचण्डले एउटा हाइड्रोपावर विवादमा पार्टीका प्रवक्तालाई मुछेर भएको विवादमा अनावश्यक भ्रममा नपर्न आग्रह गर्नुभएको छ। प्रवक्ता कमरेडले मिल्नुस् भन्नेबाहेक अरु केही देखिँदैन,' प्रवक्ता श्रेष्ठले प्रचण्डलाई उदृत गर्दै आफ्नै सन्दर्भको विषयबारे भने।

बैठक सुरु हुनासाथ प्रचण्डले नारायणकाजी र मृतक लामाको सम्बन्धका बारेमा बोलेका थिए। प्रचण्डले लामा र नारायणकाजीबीच भएको विवाद सामान्य खालको भएको बताएका थिए। श्रेष्ठले आफ्नै पार्टीको कार्यकर्ता भएकाले विवाद मिलाइदिन खोज्दा झन् विवादमा तानिएको भन्दै आपत्ति जनाएका थिए।

आजको बैठकले लोकतान्त्रिक आन्दोलनमा सानो उमेरदेखि नै संघर्षको योगदान स्मरण गर्दै शोक पारित गरेको छ।

स्थायी कमिटीको अर्को बैठक पुस १ गते १ बजेका लागि बोलाइएको छ। ५ गते केन्द्रीय कमिटीको बैठक बोलाउन २१ मंसिरको स्थायी कमिटीको बैठकले नै निर्णय गरिसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell