PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

गौतमबुद्ध कप टी २० प्रतियोगिता : वाग्मतीको लगातार दोस्रो हार, राप्ती र नारायणी फाइनलमा



पहिलोपोस्ट

गौतमबुद्ध कप टी २० प्रतियोगिता : वाग्मतीको लगातार दोस्रो हार, राप्ती र नारायणी फाइनलमा

काठमाडौं: चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न गौतम बुद्ध कपमा आज बागमती पराजित भएको छ।ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको वाग्मती र विनोद भण्डारीको कप्तानीमा रहेको राप्तीबीच भएको खेलमा वाग्मती ११ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। वाग्मती प्रतियोगितामा लगातार दोस्रोपटक पराजित हुँदै बाहिरिएको हो।शनिवारको खेलमा बागमती नारायणीसँग सुपर ओभरमा पराजित भएको थियो।

आज भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। राप्तीका लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाउँदा शरद भेषवाकर र कप्तान बिनोद भण्डारीले समान २१ रन बनाए। त्यस्तै कमल सिंहले १६ तथा लोकेश बमले १५ रन बनाए।

वाग्मतीका लागि सोमपाल कामी र राशिद खानले समान २/२ विकेट लिँदा विक्रम सोब र ललीत राजबंशीले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको वाग्मती ११८ रनमा समेटियो। वाग्मतीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रनको योगदान दिए। त्यस्तै अनिल शाहले २३ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले समान १३/१३ रन बनाए।

वाग्मतीलाई लक्ष्यसम्म पुग्न नदिन राप्तीका जितेन्द्र मुखिया, कमल सिंह, बसन्त कार्की र अभिनास बोहोराले समान २/२ विकेट लिए। त्यस्तै सोनु तामाङले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell