PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

न्यायाधीश फेरिएसँगै ललिता निवास प्रकरणमा अदालत कठोर, अख्तियारका पूर्व प्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा



पहिलोपोस्ट

न्यायाधीश फेरिएसँगै ललिता निवास प्रकरणमा अदालत कठोर, अख्तियारका पूर्व प्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
फाइल फोटो

काठमाडौँः विशेष अदालतले ललिता निवास प्रकरणका आरोपित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाएको छ। आइतबार अदालतमा उपस्थित भएका बस्न्यातलाई पुर्पक्षका लागि अदालतले थुनामा पठाएको हो। 

अध्यक्ष प्रेमराज कार्की तथा सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाएको हो। 
यसअघि अधिकांश आरोपितलाई अदालतले धरौटी तथा साधरण तारेखमा रिहा गरेको थियो। विशेषमा केही समयअघि न्यायाधीश हेरफेर भएको थियो। 

ललिता निवास प्रकरणमा अख्तियारले २०७६ माघ २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। 

बस्न्यातविरुद्ध अख्तियारले  ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरेको थियो। फर्जी मोह खडा गरेर ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको अभियोग अख्तियारको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell