PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

रौतहट बमकाण्डः पूर्वमन्त्री अफताब आलमका भाई महताब पुर्पक्षका लागि थुनामा



पहिलोपोस्ट

रौतहट बमकाण्डः पूर्वमन्त्री अफताब आलमका भाई महताब पुर्पक्षका लागि थुनामा

जनकपुरधामः जिल्ला अदालत रौतहटले रौतहट बमकाण्डका आरोपित महताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीश मणिराम न्यौपानेको इजलासले आइतबार आलमलाई थुनामा पठाउने आदेश गरेको हो। महताबलाई आइतबार नै जिल्ला कारागार रौतहट चलान गरिएको छ।

महताब कांग्रेस नेता एवं निलम्बित सांसद मोहम्मद अफताब आलमका भाई हुन्।

रौतटह बामकाण्डका मुख्य योजनाकारमध्येका एक मानेर प्रहरीले महताबविरुद्ध मुद्दा चलाएको छ। उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसुरमा मुद्दा चलाइएको छ।

२०६४ चैत २७ गते त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहितका व्यक्तिहरुलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा उनीविरुद्ध मुद्दा चलाइएको थियो। लामो समयदेखि उनी फरार थिए। आलमलाई मंसिर २२ गते प्रहरीले पक्राउ गरेको थियो।

घटनाका मुख्य योजनाकार मानिएका कांग्रेस सांसद एवं पूर्वमन्त्री अफताब आलम यसअघि नै पुर्पक्षका लागि थुनामा छन्। हाल नख्खु कारागारमा थुनामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell