PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

चोरीको ३८ तोला सुन भागबन्डा गर्दैगर्दा पाँच जना पक्राउ



रासस

चोरीको ३८ तोला सुन भागबन्डा गर्दैगर्दा पाँच जना पक्राउ

काठमाडौं : प्रहरीले ३८ तोला सुनसहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ का रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोक धुलिखेलका राम तामाङ, हुइबहादुर तामाङ र राजन तामाङ रहेका छन्।

उनीहरु शनिवार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-२ की माइली तामाङको घरबाट नगद पैसासहित अन्दाजी ३८ तोला सुनका गरगहना चोरी गरी काठमाडौं आएका थिए।

काभ्रे प्रहरीले हुलियासहित खोजतलासका लागि पत्राचार गरेकामा सोही हुलियाको आधारमा खोजी गर्दा महानगरीय प्रहरी वृत्त लैनचौरबाट परिचालित टोलीले ड्रागन डिस्कोबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको हो। भागबन्डा गर्दैगर्दा उनीहरुलाई सुनसहित पक्राउ गरिएको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए। आइतवार नै उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठाइएको विष्टले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell