PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

ग्वार्कोको उज्ज्वल पेट्रोल पम्पमा आगलागी



रासस

ग्वार्कोको उज्ज्वल पेट्रोल पम्पमा आगलागी

ललितपुर : ललितपुर महानगपालिका-१७ ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पमा आइतवार साँझ आगलागी भएको छ। तेल झार्न आएको ट्याङ्कर नै तातेर आगलागी भएको प्रहरीको भनाइ छ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले आगलागी भएको सूचना पाउनासाथ आफूहरु र दमकल गएर नियन्त्रण गरेको जानकारी गराए।

उनले भने, ‘पम्पमा क्षति भएको छैन, त्यसैले डराउनुपर्ने अवस्था देखिँदैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell