PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

मेस्सीको निर्णायक गोलमा बार्सिलोनाको जित



पहिलोपोस्ट

मेस्सीको निर्णायक गोलमा बार्सिलोनाको जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि जित निकालेको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोलीले लेभान्टेमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बार्सिलोनाको जितका लागि लियोनल मेस्सीले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए। उनले फ्रेन्की डी जोङको पासमा ७६ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका हुन्।

त्यस्तै गएराति नै भएको अर्को खेलमा शीर्षस्थानमा रहेको रियल सोसिडाडले इबरसँग १-१ को बराबरी खेल्यो।

जितसँगै ११ खेलबाट १७ अंक जोडेको बार्सिलोना तालिकाको ८ औं स्थानमा छ। त्यस्तै बराबरीका बावजुत सोसिडाड शीर्षस्थानमा कायम छ। सोसिडाडको १३ खेलबाट २६ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell