PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पीएसजी पराजित, नेइमार घाइते



पहिलोपोस्ट

पीएसजी पराजित, नेइमार घाइते

फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोली लियोनसँग १-० गोलअन्तरले पराजित भएको हो।

खेलको पहिलो हाफमै लियोनले अग्रता बनाएको थियो। टिनो कडीवेरले खेलको ३५ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै लियोन एक गोलले अघि रह्यो। दोस्रो दुबैतर्फबाट गोल नहुँदा लियोनका जितका लागि उनको गोल नै निर्णायक बन्यो।

खेलको अतिरिक्त समयमा नेइमार चोटबोक्दै बाहिरिएका थिए। लगत्तै लियोनका थिएगो मेन्डस रातोकार्ड खाँदै बाहिरिए। पीएसजीका प्रशिक्षक थोमस टुचेलले नेइमारलाई गम्भीर चोट लागेको हुन सक्ने बताएका छन्।

पराजयसँगै पीएसजी तालिकाको तेस्रो स्थानमा झरेको छ। लिल्ले र लियोन समान २९ अंक सहित तालिकाको शीर्ष दुईमा छन भने पीएसजी २८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell