PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

औबुमेयाङमा आत्मघाती गोलमा आर्सनल पराजित, झगडामा उत्रिएपछि साकालाई रेड कार्ड



पहिलोपोस्ट

औबुमेयाङमा आत्मघाती गोलमा आर्सनल पराजित, झगडामा उत्रिएपछि साकालाई रेड कार्ड

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल बर्नलीसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली बर्नलीसँग १-० ले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरी रोकिएको खेलमा दोस्रो हाफमा बर्नलीले अग्रता बनाएको थियो। खेलको ७३ औं मिनेटमा आर्सनलका पिअरे एम्रिक औबुमेयाङले आत्मघाती गोल गरेपछि अग्रता बनाएको बर्नलीको जितका लागि त्यही गोल पर्याप्त बन्यो।

खेलको ५८ औं मिनेटमा आर्सनल १० खेलाडीमा सीमित भएको थियो। ग्रेनिथ साकाले बर्नलीका मिडफिल्डरको घाटीमा समात्दै झगडामा उत्रिएपछि रातोकार्ड पाएका थिए।

योसँगै प्रिमियर लिगमा आर्सनल लगातार पाँचौं खेलमा जित बिहीन छ। प्रिमियर लिगका आफ्ना पछिल्ला पाँच खेलहरुमा आर्सनले एक बराबरी र बाँकी चारमा पराजय ब्यहोरेको छ।

हारसँगै १२ खेलबाट १३ अंक जोडेको आर्सनल तालिकाकको १५ औं स्थानमा छ। त्यस्तै महत्वपूर्ण तीन अंक जोडेको बर्नली रेलिगेशन जोनबाट माथि उक्लिएको छ। बर्नलीको ११ खेलबाट ९ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell