PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

जर्मनीमा पुन: लकडाउन, अत्यावश्यक सामाग्री र 'क्रिस्ट्मस ट्रि'का पसल खुला रहने



पहिलोपोस्ट

जर्मनीमा पुन: लकडाउन, अत्यावश्यक सामाग्री र 'क्रिस्ट्मस ट्रि'का पसल खुला रहने
Photo : EPA

जर्मनीमा क्रिस्टमसको समय लकडाउन हुने भएको छ। कोरोना भाइरस संक्रमित र संक्रमणकै कारण मर्नेको संख्या बढेसँगै त्यहाँ लकडाउन हुन लागेको हो।

बुधवारदेखि अत्यावश्यकबाहेक अन्य सामाग्रीका पसल बन्द रहनेछन्। त्यस्तै हेयर सलुन र विद्यालयहरू पनि बन्द गरिनेछ। चान्सलर एन्जेला मर्केलले क्रिस्ट्मसमा हुने भिडभाडका कारण संक्रमण दरमा वृद्धी हुनसक्ने बताउँदै पुन: लकडाउन गर्ने बताएकी हुन्।

बीबीसीका अनुसार अत्यावश्यक सामानका लागि पसल र बैंक खुला रहनेछ। 'क्रिस्टमस ट्रि' पनि किनबेच हुनेछ। कम्पनीहरूलाई कामदारलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

रोबर्ट कोच इन्सटिच्युटका अनुसार त्यहाँको नयाँ तथ्याङ्कमा २० हजार दुई सय संक्रमित थपिएका छन्। ३ सय २१ जना संक्रमितको मृत्यु भएको छ। जससँगै कुल संक्रमित संख्या १० लाख ३ हजार र मर्नेको संख्या २१ हजार ७ सय ८७ पुगेको छ।

नयाँ चरणको लकडाउन जनवरीको १० सम्म जारी रहनेछ। यस निर्णयलाई मर्केलले 'आकस्मिक' भएको बताएकी छिन्।

जर्मनीका रेस्टुरेन्ट, बारलगायत खाली समय बिताउने ठाउँहरू नोभेम्बरदेखि बन्द छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell