PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कोरोना भाइरस : भारतमा जनवरीदेखि सुरु होला खोप कार्यक्रम?



पहिलोपोस्ट

कोरोना भाइरस : भारतमा जनवरीदेखि सुरु होला खोप कार्यक्रम?

भारतमा कोरोना भाइरसविरुद्धको खोप जनवरीदेखि सुरु हुने सम्भावना रहेको छ। इन्डियन एक्सप्रेसको अनुसार सीरम इन्सटिच्युट अफ इन्डियाका मुख्य कार्यकारी अधिकारी अदार पूनावालाले उक्त जानकारी दिएका हुन्।

सीरमले अक्सफोर्ड-एस्ट्राजेनको खोप बनाइरहेको छ। उक्त खोप परीक्षण भइरहेको छ जसलाई यस महिनाको अन्त्यसम्ममा आपतकालीन प्रयोगको अनुमति मिल्ने अनुमान गरिएको छ। सीरम इन्स्टिच्युटको खोप ७० प्रतिशतमा प्रभावकारी देखिएको जनाइएको छ।

इकोनोमिक टाइम्स ग्लोबल बिजनेस समिटमा अदार पूनावालाले सन् २०२१ को अक्टोबरसम्ममा भारतका हरेक व्यक्तिले खोप पाउने बताए। त्यस लगत्तै जनजीवन सामान्य बन्ने उनको तर्क थियो।

पछिल्लो साता सब्जेक्ट एक्सपर्ट कमिटी (एसईसी)ले सीरम र भारत बायोटेकबाट क्लीनिकल ट्रायलको प्रभाव र सुरक्षा सम्बन्धी डेटा माग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell