PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

माछा मार्ने बिषयमा झडप, एक महिलाको घटनास्थलमा नै मृत्यु



पहिलोपोस्ट

माछा मार्ने बिषयमा झडप, एक महिलाको घटनास्थलमा नै मृत्यु

काठमाडौंः सार्वजनिक पोखरीको माछा मार्ने विषयमा दुई पक्षबिच झडप हुँदा एक महिलाको मृत्यु भएको छ। 
आइतबार राति ९ बजेतिर सप्तरी बोदेबरसाईन नगरपालिका वडा नम्वर ३ कुशमार टोलमा दुई पक्ष बिच सार्वजनिक पोखारीको माछा मार्ने बिषयलाई लिएर झडप भएको थियो।
झडपमा परि सोही ठाउँकी ३५ वर्षीया गंगिया देबी मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै झडपमा जय नारायण मण्डल, सोबिन्द्र मण्डल,  धिरज मण्डल र जोगिन्द्र मण्डल समेतको टाउँकोमा चोट लागि कामना नर्सिङ होम सिराहाको लहान उपचार भई रहेको छ। 
घटना संलग्न बोदेबरसाईन नगरपालिका  शिवसरन मण्डल, बिजय मण्डल,सुरेन्द्र मण्डल र रबित मण्डल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कडरबोनामा अनुसन्धान कर्य भईरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell