PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बहराइनले दियो चिनियाँ खोप प्रयोगमा अनुमति, २७ केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुने, अनलाइन रजिस्ट्रेसन सुरु



पहिलोपोस्ट

बहराइनले दियो चिनियाँ खोप प्रयोगमा अनुमति, २७ केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुने, अनलाइन रजिस्ट्रेसन सुरु

काठमाडौं : बहराइनले कोभिड-१९ विरुद्ध चिनियाँ कम्पनीले विकास गरेको खोपको प्रयोगका लागि अनुमति दिएको छ। बहराइनको स्वास्थ्य नियामक निकाय नेशनल हेल्थ रेगुलेटरी अथ्योरिटीले चीनको राष्ट्रिय फार्मासिटिकल ग्रुप 'सिनोफार्मा'ले तयार गरेको भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको हो।

बहराइन न्यूज एजेन्सीका अनुसार आइतवार त्यहाँको स्वास्थ्य नियामक निकायले आधिकारिक रुपमा सनोफार्माको कोभिड-१९ भ्याक्सिन प्रयोगका लागि दर्ता गरेको हो। सिनो फर्माको मिडल इस्ट र उत्तर अफ्रिकाको वितरक जी ४२ हेल्थ केयरले आवश्यक काजजात पेश गरेसँगै दर्ता स्वीकृति दिएको बताइएको छ।  

यो अनुमति विभिन्न देशहरुमा भएको क्लिनिकल ट्रायलबाट उपलब्ध तथ्यांकलाई अध्ययन गरी दिइएको बताइएको छ। क्लिनिकल ट्रायलमा यसको प्रभावकारिता ८६ प्रतिशत देखिएको तथा एन्टिबडी न्यूट्रलाइज गर्ने सेरोकन्भर्जन रेट ९९ प्रतिशत र कोभिड-१९ को गम्भीर तथा मध्यम केसहरु रोकथामको लागि शतप्रतिशत प्रभाकारिता हेर्दै अनुमति दिइएको थियो। यो अध्ययनमा ४२ हजार २९९ परीक्षण स्वंमसेवीहरु सहभागी थिए।

यसैबीच त्यहाँको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को भ्याक्सिन लगाउनका लागि अनलाइन रजिस्ट्रेसन खुला गरेको छ। स्वास्थ्य मन्त्रालयले आफ्ना नागरिक तथा बहराइनमा बस्ने सबैलाई कोभिड-१९ संक्रमण विरुद्धको भ्याक्सिनका लागि अनलाइन रजिस्ट्रेसन गर्न आह्वान गरेको छ।

त्यहाँको मन्त्रालयले राजा तथा युवराज तथा प्रधानमन्त्रीको सुरक्षित भ्याक्सिन सबैलाई नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता अनुसार काम अगाडि बढाएको जनाएको छ। कोभिड-१९ विरुद्ध राष्ट्रिय खोप कार्यक्रम तयार गरी देशभरका २७ स्वास्थ्य केन्द्र मार्फत नि:शूल्क खोप दिइने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell