A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69846d0f8bdc33.95914063): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69846d0f8bdc33.95914063,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69846d1348d184.92998722): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69846d1348d184.92998722,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

रोकिएका लिग माघबाट सञ्चालन गर्न एन्फाको प्रस्ताव
PahiloPost

Feb 5, 2026 | २३ माघ २०८२

रोकिएका लिग माघबाट सञ्चालन गर्न एन्फाको प्रस्ताव



मुकुन्द घिमिरे

रोकिएका लिग माघबाट सञ्चालन गर्न एन्फाको प्रस्ताव

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्थगित खेल प्रतियोगिताहरु सञ्चालनको लागि राष्ट्रिय खेलकुद परिषद्मा प्रस्ताव पेश गरेको छ। एन्फाले शहीद स्मारक बी डिभिजन लिग २०७६/७७ का बाँकी खेलहरु, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, राष्ट्रिय महिला लिग सञ्चालनको स्वीकृतिको लागि आइतवार प्रस्ताव गरेको हो।

यसअघि मंसिर २५ गते बसेको एन्फा केन्द्रीय कार्यसमिति बैठकले स्थगित प्रतियोगितालाई सञ्चालनका लागि राखेप समक्ष प्रस्ताव गर्ने निर्णय गरेको थियो। सोही अनुरुप स्वास्थ्य प्रोटोकल र खेलको तालिका सहितको प्रस्ताव राखेपमा पेश गरिएको अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।

अघिल्लो सिजनमा ए डिभिजन लिग सम्पन्न भएर बी डिभिजन लिगका खेलहरु सञ्चालन हुँदै गर्दा कोरोना महामारी फैलिएको थियो। त्यसयता राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको छ भने हाल विश्वकप छनोटको तयारीमा जुटेको छ। यसै क्रममा एन्फाले रोकिएका प्रतियोगिताहरु सञ्चालनका लागि कदम अघि बढाएको हो।

एन्फा महासचिव इन्द्रमान तुलाधरले माघबाट सञ्चालन गर्नेगरी आफूहरुले प्रस्ताव गरेको बताउँदै राखेपले कस्तो रेस्पोन्स गर्छ त्यही हिसाब लिगहरु अघि बढाउने तयारी रहेको बताए।

'रोकिएका लिगहरु र विश्वकप छनोटका खेलहरुका लागि स्वास्थ्य मापदण्ड पालना गर्दै सुरु गर्न स्वीकृती मागेका हौं,' महासचिव तुलाधरले भने, 'त्यसमा हामीले स्वास्थ्य मापदण्डहरु लगायत यो समयमा गर्न सकिने भनेर उल्लेख गरेका छौं।'

माघबाटै बाँकी रहेका लिगहरु गराउने तयारी एन्फाको देखिन्छ। 'माघमा गर्ने भनिरहेका छौं। क्लबसँग बसेपछि मिति तय हुन्छ। पहिला त परिषद्ले सहमति दिनुपर्‍यो,' उनले भने, 'महिला लिग चाहिँ माघ ७ गतेका लागि प्रस्ताव गरेको छ। राष्ट्रिय लिग खेल्नेहरुसँग टेलिफोनमै संवाद गरेर त्यही अनुसारको मिति प्रस्ताव गरेका छौं। बाँकी छलफल पछि तय हुने हो।'

त्यस्तै राष्ट्रिय टिमले विश्वकप छनोट अन्तर्गत होम गेमको पनि मिति तय भइसकेको अवस्थामा अभ्यास सुरु गरिसकेको छ। यसका लागि पनि एन्फाले पहल सुरु गरेको देखिन्छ।

एएफसीले जारी गरेको तालिका अनुसार नेपालले चाइनिज ताइपेइसँग २५ मार्च (चैत १२ )मा खेल्ने छ भने ३० मार्च (चैत १७ )मा अस्ट्रेलियासँग खेल्ने छ। त्यस्तै, जुन ७ (जेठ २४ गते) मा नेपालले जोर्डनसँग खेल्ने छ। सबै खेल नेपालको गृह मैदानमा हुनेछन्।

पछिल्लो समय राखेपले आयोजना गरेको क्लबहरुसँगको अन्तरक्रिया कार्यक्रममा सदस्यसचिव रमेश कुमार सिलवालले स्वास्थ्य मापदण्ड पुरा गर्दै खेलकुदका कार्यक्रमहरु अघि बढाउन गरेको आह्वानलाई आधार मानेर हेर्ने हो भने एन्फाको प्रस्ताव राखेपले धेरै दिन रोकेर राख्ने देखिँदैन।

उक्त कार्यक्रममा सिलावालले भनेका थिए, 'अब अभ्यास संचालनका लागि राखेपको या मन्त्रालयको निर्देशन आएन भनेर कुर्नु पर्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell