PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

चन्द्रागिरीमा ट्रक सडकबाट खस्यो, चालकसहित दुई जनाको मृत्यु



पहिलोपोस्ट

चन्द्रागिरीमा ट्रक सडकबाट खस्यो, चालकसहित दुई जनाको मृत्यु

काठमाडौंः चन्द्रागिरीमा मिनि ट्रक सडकबाट तल खस्दा दुई जनाको मृत्यु भएको छ। 

आज बिहान ना २ क ३२३ नम्वरको ट्रक चन्द्रागिरी नगरपालिका वाडभञ्ज्याङ सडक खण्डमा करिब तीन सय मिटर तल खसेको थियो। ' रोडबाट तल खसेको थियो। ट्रकमा रहेका दुबै जनाको मृत्यु भएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए।

ट्रक दुर्घटना हँदा चालक सहित दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक  २५ वर्षीय मानबहादुर माझी र मनिष कार्की रहेका छन्। 
ट्रक दामन कन्ट्रकसनको भएको खुलेको छ। गाडी चालक समेतको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell