PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

सरकारलाई कांग्रेस प्रवक्ताको चेतावनी, ‘सुतेको बाघलाई जिस्काउने प्रयत्न नगर, समयमै सच्चिनुपर्छ’



पहिलोपोस्ट

सरकारलाई कांग्रेस प्रवक्ताको चेतावनी, ‘सुतेको बाघलाई जिस्काउने प्रयत्न नगर, समयमै सच्चिनुपर्छ’

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वकर्मा शर्माले सरकारलाई सच्याउन आफूहरु सडकमा आएको बताएका छन्। उनले कांग्रेसलाई सुतेको बाघ भन्दै जिस्क्याउने प्रयास नगर्न सरकारलाई चेतावनी समेत दिए।

मकवानपुरको हेटौंडामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै शर्माले भने, ‘कांग्रेस सकियो, दिन गयो भन्नेहरु, पार्टीभित्र रडाको मच्चिँदा कांग्रेसको ढोका ढक्ढक्याउनेहरुलाई भन्न चाहन्छु हामी सडकमै रहन्छौं। सरकारमा जानु पर्‍यो भने आगामी निर्वाचनबाट बहुमत लिएर जान्छौं भन्नका लागि आज हामी सडकमा उपस्थित छौं। कांग्रेस यति भन्न आएको छ कि सुतेको बाघलाई जिस्काउने प्रयत्न नगर। कांग्रेसलाई जिस्क्याउने प्रयत्न नगर।’

शर्माले महामारीका बेला सडकमा आउने चाहना नभए पनि ५ कारणले आउन बाध्य भएको उल्लेख गरे। ‘सरकारको निर्देशन मानेकै थियौं। चुपचाप सघाएकै थियौ। सरकारलाई सहयोगको अपिल गरेका थियौं। महामारीका बेला राजनीतिक विवाद अन्त्य हुनुपर्छ भनेका थियौं। तै पनि सडकमा आउनुपर्‍यो,’ उनले भने।

कारण महामारीमा सरकारको वेवास्ताका कारण आफूहरु सडकमा आएको उनले बताए। पीसीआर, भेन्टिलेटर, क्वारेन्टाइन व्यवस्थापन नभएकोमा अब सडक र संसदबाट दबाब दिइने उनको भनाई छ।

‘जनता कोरोना मारमा छ। सरकार सत्ताको जित हारमा छ। सरकारलाई सच्याउन र यो द्वन्द्व गर्ने बेला होइन भन्नका लागि आएका छौं,’ उनले भने, ‘जनता भोकै मर्दा बालुवाटारमा लडाई गर्न भोट दिएको हो? कम्युनिस्ट सरकार आयो भने उन्नति हुन्छ भन्ने भ्रम टुट्नुपर्छ।’

प्रवक्ता शर्माले नेकपालाई मोटरसँग तुलना गरे। ‘नेकपा यस्तो मोटर हो, जसमा माओवादको पेट्रोल हालियो। बहुदलीय जनवादको डिजेल। पेट्रोल र डिजेल हालेको गाडी सिज हुन्छ। आज गाडी बालुवाटारमा थन्किएको छ। सरकारलाई सच्याउन भन्दा अर्को विकल्प छैन,’ उनले भने।

भ्रष्टाचारविरुद्ध पनि आफूहरु सडकमा आउनुपरेको उनको भनाई थियो। ‘यता भ्रष्टाचार। उता भ्रष्टाचार। वाइडबडीको फाइल बन्द गरियो। बुढिगण्डकी आफै बनाउने भनेर देउवाले निर्णय गरे। पेट्रोल र डिजेल पहिला ५ रुपैयाँ र अहिले १० असुल्दै आइयो। अहिले चीनको विवादित गेजुवालाई दिएर भ्रष्टाचार गरियो। सेक्युरिटी प्रेस, स्वास्थ्य सामग्री खरीद र कात्रोमा पनि भ्रष्टाचार गरियो। यो कुरा भन्न आयौं,’ उनले भने।

प्रवक्ता शर्माले सरकार सर्वसत्तावादमा लागेको आरोप लगाए। ‘तनहुँको पुल ठूलो कुरा होइन। रामचन्द्र पौडेलमाथि धरपकड। बहस कसले पुल बनाउने भन्ने हो। जबरजस्त निषेधाज्ञा जारी गरेर रोक्न खोजियो। भोलिपल्ट जनदबाबमा फेरि उद्घाटन भयो। कांग्रेसको एउटै सदस्यलाई जिस्क्याउने भनेको सुतेको बाघलाई उठाउनु हो। कांग्रेस जिस्क्याउन हुन्न भन्न आयौ,’ उनले भने।

प्रवक्ता शर्माले कांग्रेस नयाँ विहानको पछाडि लाग्ने र चिहानको पछि नलाग्ने पनि स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell