काठमाडौं : नेपालमा थप ८२१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ५ हजार ४२३ जनाको नमुना परीक्षणका क्रममा ३१७ महिला र ५०४ पुरुषमा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा हाल सम्म २ लाख ४९ हजार २४४ जनामा संक्रमण पुष्टि भइसकेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८४२ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ३६ हजार ५७३ पुगेको छ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कोभिड-१९ का कारण थप १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ७१६ पुगेको छ। हाल नेपालमा १० हजार ९५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कुल संक्रमणको ९४.९२ प्रतिशत संक्रमण मुक्त भइसकेका छन्। भने ०.६९ प्रतिशत संक्रमितको मृत्यु हुँदा ४.४ प्रतिशत संक्रमित उपचारका क्रममा आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये ३३३ जना काठमाडौं उपत्यकाका हुन्। जसमध्ये काठमाडौं जिल्लामा २४६, भक्तपुर ३४ र ललितपुर ५३ जना संक्रमित पहिचान भएका छन्।
