PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

वीरगंजको प्रदर्शनमा कांग्रेसको नारा : ‘ओली सरकार गद्दि छोड, कांग्रेस आउँदैछ’



राधेश्याम पटेल

वीरगंजको प्रदर्शनमा कांग्रेसको नारा : ‘ओली सरकार गद्दि छोड, कांग्रेस आउँदैछ’

वीरगंज : नेपाली कांग्रेस पर्साले वीरगंजमा नेकपा सरकारको विरोध गर्दै प्रदर्शन गरेको छ। विशाल जुलुश निकाल्दै नेपाली कांग्रेस पर्साले सरकारको रवैया प्रति आक्रोश पोखेको छ।

मध्यान्ह १२ बजे घण्टाघरबाट निकालिएको जुलुश, मकालु चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो। जुलुशमा पर्साको चार वटै क्षेत्रका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो।

जुलुशमा ‘ओली सरकार गद्दि छोड, नेपाली काँग्रेस आउँदैछ’, ‘सर्वसत्तावादी सरकार मुर्दावाद’, ‘भ्रष्टाचारी सरकार मुर्दावाद’, ‘बलात्कारी सरकार मुर्दावाद’, ‘हत्यारा सरकार मुर्दावाद’ जस्ता नारा लगाइएको थियो।

कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान सरकार भष्ट्रचारमा डुब्दै गइरहेको आरोप लगाए।

‘नेकपाको सरकारले गरेको भष्ट्रचारको आवाज अहिले सोही पार्टीभित्रबाट चर्को रुपमा उठिरहेको छ, नेपाली कांग्रेस वा जनताहरुले उठाएको हाइन’, नेता रिजालले भने, ‘प्रजातन्त्र खतरामा छ, नेकपा पार्टीभित्रै आपसी लडाइले धेरै कुरा बताउँछ, चीनको ईसारामा बर्तमान सरकारले प्रजातन्त्रलाई अपहरण गर्ने षड्यन्त्रमा लागेको छ।’

देशमा बढ्दो भष्ट्रचार तथा अत्याचारका कारण मुलुक संकटमा फसेको नेता रिजाले बताए। चुनाव नजिकिँदै गइरहेकोले भावनामा बगेर भोट नदिन नेता रिजाले आफना कार्यकर्ता तथा नेताहरुलाई निर्देशन दिएका थिए।

जिल्ला सभापति अजय दुवेदीको सभापतित्वमा भएको विरोध प्रदर्शन कार्यक्रममा केन्द्रीय सदस्य अजय चौरसिया, पूर्व सांसद सुरेन्द्र चौधरी, राजेन्द्र बहादुर आमात्य, रामेश्वर रौनियार, अनिल रुगटा, नेपाली कांग्रेसका प्रदेश सांसद शंकर चौधरी, राजेश्वरसाह तेली, उपमेयर शान्ति कार्की, वीरेन्द्रलाल नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell