PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति कारागार चलान



रासस

बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति कारागार चलान

काठमाडौं : बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति कारागार चलान भएका छन्। चेक अनादर मुद्दा (बैंकिङ कसुर)मा दोषी ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका-११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दार सोमवार कारागार चलान भएका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको कलङ्कीमा लुकीछिपी बसिरहेका अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकामा अदालतले सोमवार नै कारागार चलान गर्न आदेश जारी गरेको हो। उनले आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानीजानी काठमाडौंका नानीबाबु खरेललाई एक करोड ६३ लाख रुपैयाँको चेक काटेर दिई फरार रहेको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

अदालतमा दायर भएको सो मुद्दामा चेक अनादर कसूर गरेको ठहर गरी काठमाडौं जिल्ला अदालतले एक महिना कैद र तीन हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो। उनीबाट एक करोड ६३ लाख रुपैयाँ बिगो भराउने फैसलासमेत भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell