PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

उखुको मूल्य बढाउन पर्सा र बाराका किसानको माग, उद्योग बन्द गर्ने चेतावनी



राधेश्याम पटेल

उखुको मूल्य बढाउन पर्सा र बाराका किसानको माग, उद्योग बन्द गर्ने चेतावनी

वीरगंज : पर्सा र बाराका उखु किसानले चालू आर्थिक वर्ष २०७७/७८ को लागि उखुको समर्थन मूल्य प्रति क्विन्टल ६४४ रुपैयाँ तोक्न सरकारसँग माग गरेका छन्। ६४४ रुपैयाँ मूल्य नतोके बाराको रिलायन्स सुगर एण्ड केमिकल प्रालि संचालन गर्न नदिने चेतावनी किसानले दिएका छन्।

उखु उत्पादक संघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाका अनुसार महंगी बढेको र किसानको उखु उत्पादनमा लागत बढदै गएकोले उखुको मूल्य बढाउनु पर्ने माग गरिएको हो। उनले गत वर्ष सरकारले प्रतिक्विन्टल समर्थन मूल्य ५३६ रुपैयाँ हाल सान्दर्भिक नभएको बताए। उक्त निर्णय उखु किसानको हकमा नभएकोले अब प्रति क्विन्टल १०८ रुपैयाँ बढाएर उखुको मूल्य तोक्नुपर्ने उनीहरुको माग छ।

पुरानो जातको उखु रोप्दा क्विन्टलमा ९ किलो चिनी उत्पादन हुँदै आएको किसान बताउँछन्। पुरानो उखुको जात दुई वर्ष सम्म किसानले लगाएर काटन् सक्छन्। नयाँ तथा उन्नत जातको उखुको एक क्विन्टलबाट १२ किलो सम्म चिनी उत्पादन हुने गरेको उखु किसान संघ पर्साका अध्यक्ष सहरुम राउत गद्दिले बताए।

पर्सा र बाराका उखु किसानको उखु बाराको रिलायन्स उद्योगले खरिद गर्ने गरेको छ। पहिलेभन्दा क्विन्टलमा ३ किलो चिनी बढि उत्पादन हुने भएकोले उखुको समर्थन मूल्य ६४४ रुपैयाँ तोक्न किसानले माग गरेका हुन्।

गत कार्तिक २३ गते सरकारले डाकेको बैठकमा उखु किसानका प्रतिनिधिहरु उपस्थित नहुदाँ समर्थन मूल्य तोकिएको थिएन्। हाल देशका विभिन्न भागका उखु किसानहरु काठमाडौंमा उखुको बक्यौता रकम माग गर्दै आन्दोलनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell