PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नेपालले टी-२० क्रिकेटको ग्लोबल छनोटमा सिधै प्रतिस्पर्धा गर्ने



रासस

नेपालले टी-२० क्रिकेटको ग्लोबल छनोटमा सिधै प्रतिस्पर्धा गर्ने
फाइल फोटो।

काठमाडौं : नेपालले सन् २०२२ मा हुने टी-२० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको छ। नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिधै ग्लोबल छनोट खेल्न पाउने आईसीसीले जनाएको छ। टी-२० वरियताका आधारमा नेपालसहित चार देशले सिधै ग्लोबल क्वालिफार खेल्न पाउने छन्।

ग्लोबल क्वालिफायरमा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष चार टोलीले मात्र विश्वकपमा स्थान बनाउने छन्। आईसीसीले सन् २०२० को अक्टोबरमा शुरु हुने टी-२० विश्वकपका लागि चार चरणमा छनोट प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ। पूर्वी एसिया र अफ्रिकाबाट एउटा तथा अमेरिका, युरोप र एसियाबाट दुई दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्ने छन्।

ग्लोबल क्वालिफायरमा १६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष दुई दुई टोली टी-२० विश्वकप क्रिकेटका लागि छनोट हुने आईसीसीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell