काठमाडौंः क्यामरा चोरी गरेको अभियोगमा प्रहरीले एक जोडीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गतको प्रहरी टोलीले रोल्पा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका बस्ने १९ वर्षीय दिपक मगर र पोखरा पुम्दिभुम्ददी बस्ने १९ वर्षीया अनिस राइलीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले मंसीर २३ गते पोखरा महानगरपालिका वडा नं.३ तेर्सापट्टी बस्ने प्रबिण बैधको घरमा राखेको क्यानोन क्यामरा चोरी गरेका थिए। क्यामराको बजार मूल्य करिब २ लाख ५० हजार रुपैयाँ रहेको छ।
दुबै जनालाई पक्राउ गरी थप आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ ।
