PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

संवैधानिक परिषदको बैठकपछि क्याबिनेट बोलाए प्रधानमन्त्रीले



पहिलोपोस्ट

संवैधानिक परिषदको बैठकपछि क्याबिनेट बोलाए प्रधानमन्त्रीले

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठक बोलाएका छन्। सोमवार बस्ने नियमित बैठक मंगलवार बस्न लागेको ओलीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए। 

'सोमवार बसेको थिएन। त्यही भएर आज बस्न लागेको हो,' उनले भने। आजै संवैधानिक परिषदको बैठक पनि बसेको थियो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद बढिरहेका बेला आफूलाई जानकारी नभएको भन्दै सभामुख अग्नि सापकोटा भने सहभागी भएनन्।

नेकपा विवाद समाधानका लागि प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच छलफल भए पनि समाधान हुन सकेको छन्। पुस १ मा  स्थायी कमिटी र पुष ५ गते नै केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell