PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बीबीएल खेल्न सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान



पहिलोपोस्ट

बीबीएल खेल्न सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान

काठमाडौं: नेपाली स्पीनर सन्दीप लामिछाने आज अस्ट्रेलिया प्रस्थान गरेका छन्। अस्टेलियामा जारी बिग ब्यास लिग बीबीएल खेल्न उनी उनी आज ११ बजेको फ्लाइटबाट अस्ट्रेलिया प्रस्थान गरेका हुन्।

सन्दीपका म्यानेजर रमन शिवाकोटीका अनुसार उनले बीबीएलमा डिसेम्बरमा खेलहरु नखेले पनि जनवरी पछिका खेलहरुमा सहभागिता जनाउने छन्।

बीबीएलमा उनी यसपटक होबर्ट हुरिकेन्सबाट सहभागी हुनेछन्। पछिल्लो समय कोरोना संक्रमण देखिए पछि सन्दिप आइसोलेसनमा थिए। संक्रमणको १० दिन पछि निको भएका उनी आज अस्ट्रेलिया प्रस्थान गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell