PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

उखु किसानको समस्या समधान गर्न भन्दै गृह मन्त्रीको नेतृत्वमा बैठक



पहिलोपोस्ट

उखु किसानको समस्या समधान गर्न भन्दै गृह मन्त्रीको नेतृत्वमा बैठक

काठमाडौं : उखु किसानहरुको समस्यालाई समधान गर्न भन्दै गृह मन्त्रालयमा बैठक बसेको छ। 

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बैठक बसेको हो। बैठकले किसानहरुको समस्यालाई तत्कालै कसरी समधान गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा निर्णय गर्ने एक सहभागीले जानकारी दिए।

चिनी उद्योगहरुले भुक्तानी नदिएपछि उखु किसान अहिले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। केही दिनदेखि माइतीघरमा भेला भएर उनीहरु सरकारले गत वर्ष गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग उठाइरहेका छन्। आज माइतीघरमा भुक्तानी बाँकी भएको रसिद र अन्य कागजपत्र सहित किसान धर्ना दिइरहेका छन्।

बैठकमा संघीय मामला, कृषि र उद्योग मन्त्री पनि सहभागी भएका छन्। लामो समयदेखि उखु किसानले रकम भुक्तानी नपाउँदा मार्कामा पर्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell