काठमाडौं : मन्त्रिपरिषद बैठकको सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशलाई लिएर नेपाली काँग्रेसका उप सभापति विमलेन्द्र निधिले कडा आपत्ती प्रकट गरेका छन्।
'आज अचानक आएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो,' निधिले ट्विट गर्दै भनेका छन्, 'संविधान र प्रणालीमाथि नाङ्ग्रो आक्रमण हो।'
उनले यस कदमको भत्सर्ना गर्दै अध्यादेश स्वीकार्य नहुने जनाएका छन्।
