PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

संवैधानिक परिषदको बैठकमा काँग्रेस सभापति देउवा नजाने, बिहानकै बैठकमा अध्यादेशविरुद्ध देउवाको अभिव्यक्ति



पहिलोपोस्ट

संवैधानिक परिषदको बैठकमा काँग्रेस सभापति देउवा नजाने, बिहानकै बैठकमा अध्यादेशविरुद्ध देउवाको अभिव्यक्ति

काठमाडौं : आज साँझ डाकिएको संवैधानिक परिषदको बैठक नेपाली काँग्रेसले बहिस्कार गरेको छ।

आज राष्ट्रपतिले जारी गरेको अध्यादेशमाथि कडा प्रतिक्रिया जनाउँदै काँग्रेसले बैठकमा प्रतिपक्षी दलको उपस्थिति नहुने जनाएको हो।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'आज बिहानको बैठकमा सभापतिज्यूले अध्यादेश ल्याएमा काँग्रेसको सहमति नहुने प्रस्ट रुपमा भनिसक्नुभएको छ। बिहान बैठक बोलाउने, दिउँसो अध्यादेश जारी गरेर फेरि बोलाइएको बैठकमा सभापति जानु हुन्न।'

उनले संसद अधिवेशनका लागि १९ दिन बाँकी रहँदा संसद छलेर अध्यादेश ल्याइनुलाई अराजनीतिक गतिविधि भएको समेत टिप्पणी गरे। 'प्रधानमन्त्रीको राजनीतिक नियतमाथि प्रश्न गर्नुपर्ने भएको छ,' शर्माले पहिलोपोस्टसँग भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell