PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

ओलीले अध्यादेश ल्याएपछि प्रचण्डको प्रतिक्रिया : ओलीले ठीक गरेनन्



पहिलोपोस्ट

ओलीले अध्यादेश ल्याएपछि प्रचण्डको प्रतिक्रिया : ओलीले ठीक गरेनन्

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रको उपहास गरेको आरोप लगाएका छन्।

संवैधानिक परिषद सम्बन्धि अध्यादेश एकाएक ल्याएर प्रधानमन्त्री ओलीले ओलीले ठीक नगरेको प्रचण्डको टिप्पणी छ। प्रचण्ड निकट स्रोतका अनुसार ओलीले चालेको कदमलाई उनले दुखद् भनेका छन्। 

'एकाएक अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो। सबै पार्टीले संसदको अधिवेशन मागिरहेका बेला ओलीले अध्यादेश ल्याउनु आपत्तिजनक छ,' प्रचण्डलाई उदृत गर्दै स्रोतले भन्यो, 'उहाँले यसलाई दुखद् भन्नुभएको छ।'

प्रधानमन्त्री केपी ओलीले मंगलवारको मन्त्रिपरिषदको बैठकपछि संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएका छन्। अध्यादेशले ओलीसँग असन्तुष्ट नेतालाई आक्रमक बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell