PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

ओलीको स्वेच्छाचारी कदम, मदन भण्डारी माथिको प्रहार भएको नेता रावलको आरोप



पहिलोपोस्ट

ओलीको स्वेच्छाचारी कदम, मदन भण्डारी माथिको प्रहार भएको नेता रावलको आरोप

काठमाडौं : सरकारले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा थप किचलो बढेको छ।

पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले सरकारको कदमलाई प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमको संघा दिँदै ओलीले पार्टी कमिटीको बैठकमा जवाफ दिनुपर्ने बताए।

'यो प्रधानमन्त्रीको स्वेच्छाचारी कदम हो। पार्टीको बैठक भइरहेको बेला अध्यादेश ल्याउनु अत्यन्त आपत्तीजनक छ। फिर्ता हुनुपर्छ,' उनले भने, 'संविधान बनाउनुपर्ने बेलामा संवैधानिक परिषदको निश्पक्षता हुनुपर्छ भनेका थियौं। त्यसको नेतृत्व मदन भण्डारी कामरेडले गर्नुभएको थियो। उहाँले (प्रधानमन्त्री ओली) मदन भण्डारी माथि प्रहार गर्नुभयो।'

नेता रावलले भोलीको बैठकमा ओलीले यस बारेमा जवाफ दिनुपर्ने बताए। नेकपाको जारी स्थायी कमिटीको बैठक भोली (बुधवार) बस्दै छ। अर्को तर्फ अध्यादेश पछिको राजनीतिक अवस्था वारे परामर्श गर्न प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुलाई बालुवाटार बोलाएका छन्।

अर्को तर्फ प्रचण्ड नेपाल समूह पनि छलफलमा जुटेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell