PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

अध्यादेशमाथि शेखर कोइरालाको टिप्पणी : अधिनायकवादको सिढीं



पहिलोपोस्ट

अध्यादेशमाथि शेखर कोइरालाको टिप्पणी : अधिनायकवादको सिढीं

काठमाडौं : नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद सम्बन्धि अध्यादेशलाई 'अधिनायकवादको सिढीं' बताएका छन्।

आज बिहान संवैधानिक परिषदको बैठक सभामुख अनुपस्थित हुन बस्न नसकेको झोकमा प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत् आफूलाई स्थापित गर्न खोजेका छन्। मन्त्रिपरिषदमा छलफलसमेत नगरी सिफारिस भएको अध्यादेशलाई राष्ट्रपति भण्डारीले हतारहतारमा जारी गरेपछि काँग्रेस बिच्किएको छ। काँग्रेस तथा सत्तारुढ दलकै नेताहरु पनि अध्यादेशको विपक्षमा उभिएका छन्।

त्यही क्रममा डाक्टर कोइरालाले प्रतिक्रिया दिँदै लेखेका छन् - संविधानको मर्म र भावना विपरीत ल्याईएको "संवैधानिक परिषद सम्बन्धि अध्यादेश" तुरुन्तै खारेज गरियोस। यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell