PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

माइतीघरमा जारी छ उखु किसानको धर्ना, सरकारले किमिसन दिनेलाई चिन्ने तर कृषकलाई नचिनेको कांग्रेस प्रवक्ताको आरोप

माइतीघरमा जारी छ उखु किसानको धर्ना, सरकारले किमिसन दिनेलाई चिन्ने तर कृषकलाई नचिनेको कांग्रेस प्रवक्ताको आरोप

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : चिनी उद्योगहरुले भुक्तानी नदिएपछि उखु किसान अहिले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। केही दिनदेखि माइतीघरमा भेला भएर उनीहरु सरकारले गत वर्ष गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग उठाइरहेका छन्।

आज माइतीघरमा भुक्तानी बाँकी भएको रसिद र अन्य कागजपत्र सहित किसान धर्ना दिए।

केही दिनदेखि प्रदर्शनमा उत्रेका किसानलाई समर्थन गर्न आज नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मापनि माइतीघर पुगे। उखु किसानको संघर्षमा समर्थन जनाउँदै उनले भने, 'चिनी उद्योगीको आफ्नो चुनौती होला। तर राज्यले कृषकको समस्या समाधान गर्न पर्छ।

चिनी उद्योगीहरुले उद्योग मन्त्रीलाई माइतीघरमा प्रदर्शन गर्ने किसान होइन भन्ने जानकारी दिएको कुरा उल्लेख गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारले कृषकलाई नचिन्ने तर कमिसनवालालाई चिन्ने गरेको आरोप लगाए।

गत वर्षपनि किसान जाडोमा काठमाडौं आएको भन्दै यसपटक पनि त्यही समस्या दोहोरिएको उनले बताए। उनले सरकारलाई किसानको आवाज सुन्न आग्रह समेत गरे।

आजको प्रदर्शनका क्रममा मेन्स रुम रिलोडेडले किसानसँग मिलेर सांकेतिक रुपमा सरकार र चिनी उद्योगीलाई चिनी दान समेत गरेका थिए। किसानको आन्दोलनको समर्थनमा किसान महासंघले पनि आज माइतीघरमा एक्यबद्धता जनाएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell