काठमाडौं : नेपालमा थप ९३६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। ७ हजार ११७ जनाको नमुना परीक्षण गर्दा ३५१ महिला र ५८५ जना पुरुष गरी ९३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या साढे दुई लाख नाघेको छ। हालसम्म नेपालमा दुई लाख ५० हजार १८० जनामा संक्रमण पुष्टि भइसकेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १४ जना कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ७३० पुगेको छ।
यसैबीच एक हजार ९९६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ३८ हजार ५६९ पुगेको छ। यो कुल संक्रमितको ९५.३ प्रतिशत हो।
हाल नेपालमा ९ हजार ८८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जुन कुल संक्रमितको ३.९५ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ३१० जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुरमा ८६ र भक्तपुरमा ४२ जना संक्रमित पहिचान भएका छन्। त्यस्तै कास्की जिल्लामा ७० जनामा संक्रमण पुष्टि भएको छ।
