PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिसको तयारी



पहिलोपोस्ट

अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिसको तयारी

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त प्रमुख आयुक्तमा प्रेमकुकार राईलाई सिफारिसको तयारी गरिएको छ। पूर्वसचिव राई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन्।

नवीन घिमिरेले अवकाश पाएपछि अख्तियारमा प्रमुख आयुक्तको पद रिक्त छ। यस्तै, दुई सदस्यको स्थान पनि अख्तियारमा रिक्त छ।

मंगलबार नै संवैधानिक परिषद् ऐन संशोधनसम्बन्धी नयाँ अध्यादेश जारीसँगै राईलाई सिफारिसको तयारी गरिएको स्रोत बताउँछ। साँझ ५ बजे परिषद् बैठक बोलाइएको छ।

मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो। सभामुख लगातार दुई बैठकमा अनुपस्थित भएसँगै सरकारले गणपुरक व्यवस्था परिमार्जनका लागि अध्यादेश जारी गरेको थियो।

तत्काल कायम रहेका सदस्यको बहुमत सदस्य उपस्थित भएमा गणपुरक संख्या पुग्नेगरि अध्यादेश जारी भएको हो। यद्यपि अध्यादेश सार्वजनिक भएको छैन।

राईले यसअघि पनि प्रधानमन्त्रीले अख्तियारमा सिफारिस गर्न चाहेका थिए। तर, पार्टी र अन्तरपार्टी शक्ति समीकरण नमिल्दा प्रक्रिया पूरा भएको छैन। पार्टी विवादमा ‘फ्रन्ट खोलेर’ उभिएका ओलीले योपटक भने राईलाई सिफारिस गर्ने अन्तिम तयारी गरेको निकट स्रोतको दाबी छ।

राईलाई प्रमुख आयुक्त सिफारिस गरेमा संसदीय सुनुवाइ हुनेछ। तर, सुनुवाइमा समेत दुई तिहाइ बहुमतले अस्वीकृत गरेको अवस्थामा बाहेक उनको अनुमोदन रोक्न सक्ने अवस्था हुन्न। शक्ति समीकरणका लागि अन्य पार्टी निकट नेताका सिफारिसलाई समेत प्रधानमन्त्रीले व्यवस्थापन गरेमा राईले सुनुवाइ समेत सहज पार गर्नसक्ने अवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell