PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

खुमलटार बैठकको निष्कर्ष: अध्यादेश विरुद्ध एक हुने, ओलीलाई कारवाही गर्ने विषयमा समेत छलफल



प्रकाश भण्डारी

खुमलटार बैठकको निष्कर्ष: अध्यादेश विरुद्ध एक हुने, ओलीलाई कारवाही गर्ने विषयमा समेत छलफल

काठमाडौं : सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याए पनि सत्तारुढ दल नेकपा भित्र हलचल ल्याएको छ। सरकारले अध्यादेश ल्याएसँगै नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठबीच खुमलटारमा छलफल भएको छ।

छलफल सरकारले ल्याएको अध्यादेशमा केन्द्रीत रहेको स्रोतले बतायो।

'भोली बस्ने स्थायी कमिटीको बैठकमा सरकारको कदम विरुद्ध एक मत भएर अगाडि बढ्ने विषयमा छलफल भयो,' खुमलटार निकट स्रोतले भन्यो, 'पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम हो। यस विरुद्ध बैठकमा रणनीति बनाएर अगाडि बढ्ने विषयमा छलफल भयो।'

खुमलटारको छलफलमा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली माथि अनुशासनको कारवाही गर्ने प्रस्तावका विषयमा छलफल भए पनि ठोस निर्णय नभएको स्रोतले जानकारी गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell