काठमाडौँः सवैधानिक परिषद् ऐन संशोधन गर्नेगरि मंगलबार जारी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ। अध्यादेशले हाल कायम रहेको निर्णयमा सर्वसम्मत हुने व्यवस्थालाई हटाएर बहुमतीय बनाएको छ।
यस्तै, गणपुरक संख्याका लागि यसअघि अध्यक्ष र कम्तीमा चार सदस्य उपस्थित हुनुपर्ने व्यवस्था रहेकोमा अब अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्यको उपस्थि भएमा परिषदको बैठक बस्न सक्नेछ।
हाल पाँचमध्ये चारमात्र सदस्य छन्।
यसर्थ अध्यक्षसहित अन्य तीन सदस्य उपस्थित भएमा बैठक राख्न गणपुरक संख्या पुग्नेछ। अहिले परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष र विपक्षी दलका नेतामात्र छन्। उपसभामुखको पद रिक्त छ।
अध्यादेशले सर्वसम्मतिका आधारमा निर्णय हुने व्यवस्था परिमार्जन गरेको छ। अध्यक्षसहित तत्काल बहाल रहेका सदस्यको बहुमतबाट सिफारिसको निर्णय हुनेछ।
यस्तो छ अध्यादेश
