PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा देउवाको टिप्पणीः 'सर्वसत्तावादी सोच, कांग्रेसको विमति छ'



पहिलोपोस्ट

संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा देउवाको टिप्पणीः 'सर्वसत्तावादी सोच, कांग्रेसको विमति छ'

काठमाडौंः प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले संवैधानिक परिषदसम्बन्धी जारी अध्यादेशमा कांग्रेसको विमति रहेको बताएका छन्।

अध्यादेश जारीपछि टिप्पणी गर्दै देउवाले अध्यादेशबाट सरकारको सर्वसत्तावादी सोच प्रष्ट भएको बताएका छन्। उपसभामुख निर्वाचन नगरेर सभामुखलाई समेत विश्वासमा नलिनु हास्यास्पद भएको देउवाको टिप्पणी छ।

उनले भनेका छन्, 'उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद छ भने संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ। यसबाट सर्वसत्तावादी सोच झनै प्रष्टीएको छ। यसमा नेपाली कांग्रेसको प्रष्ट विमति छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell