PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

संवैधानिक परिषदमा अनुपस्थितबारे सभामुखको प्रस्टीकरण, ‘समन्वय अभाव भयो’



पहिलोपोस्ट

संवैधानिक परिषदमा अनुपस्थितबारे सभामुखको प्रस्टीकरण, ‘समन्वय अभाव भयो’

काठमाडौंः संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएपछि अलोचित सभामुख अग्निप्रसाद सापकोटाले समन्वय अभावका कारण उपस्थित नभएको बताएका छन्। सचिवालयका तर्फबाट विज्ञप्ति जारी गर्दै प्रेस विज्ञ श्रीधर न्यौपानेले संवैधानिक मर्यादा र जिम्मेवारीप्रति सभामुख सजग रहेको बताएका छन्।

विज्ञप्तिमा भनेका छन्, ‘मंसिर ३० गतेको संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्व तयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो। राज्य सञ्चालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell