PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

उखु किसानलाई नेविसंघको साथ, ‘सरकारले किसानको आँसु देखेन’



पहिलोपोस्ट

उखु किसानलाई नेविसंघको साथ, ‘सरकारले किसानको आँसु देखेन’

काठमाडौं : नेपाल विद्यार्थी संघले उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ। मंगलवार काठमाडौंमा उखु किसानले गरेको आन्दोलनमा उपस्थिति जनाउँदै संघले सरकारको विरोधसमेत गरेको छ।

किसानको आँशु नदेख्ने सरकारका कारण मुलुक थप संकटमा परेको नेविसंघका महामन्त्री दीपक भट्टराईले दावी गरे। किसान बिचौलियाले सञ्चालन नगरेको बरु सरकार नै बिचौलियाले सञ्चालन गरेको उनको आरोप थियो।

उद्योगमन्त्री लेखराज भट्टको भनाइप्रति आपत्ति जनाउँदै उनले भने, ‘किसान बिचौलिया होइनन बरू सरकार बिचौलियाले सञ्चालन गरिरहेका छन्। किसानको आँशु नदेख्ने दृष्टिविहीन सरकारका कारण यो मुलुक थप संकटमा पर्ने भयो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell