PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

संवैधानिक परिषद्लगत्तै प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतल निवासमा



पहिलोपोस्ट

संवैधानिक परिषद्लगत्तै प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतल निवासमा
फाइल फोटो

काठमाडौँः संवैधानिक परिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्। बैठक लगत्तै ओली शीतल निवास पुगेका हुन्। 

मंगलबार सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। 

अध्यादेश प्रकरणपछि राष्ट्रपतिको समेत आलोचना भइरहेका बेला प्रधानमन्त्री ओली भेटका लागि पुगेका हुन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै शीर्ष नेतहरुले समेत अध्यादेश फिर्ता हुनुपर्ने भन्दै आलोचना गरिरहेका छन्। 

अध्यादेशपछि मंगलबार साँझ बालुवाटारमा संवैधानिक परिषद् बैठक बसेको थियो। यद्यपि सिफारिससम्बन्धी कुनै पनि निर्णय गर्न सकेन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell