PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

भन्सार छलेर भारतबाट भित्र्याइएको ६५ लाख बराबरको चाँदी बरामद



राधेश्याम पटेल

भन्सार छलेर भारतबाट भित्र्याइएको ६५ लाख बराबरको चाँदी बरामद

वीरगंज : पर्सा प्रहरीले अवैध रुपमा भन्सार छलेर भारतबाट भित्र्याइएको करिब ६५ लाख मूल्य बराबरको ६५ किलो चाँदी बरामद गरेको छ।

वीरगंज-६ माईस्थान बस्ने सुनिता कुमारी सर्राफको घरमा दर्ता रहेको माँ जय नृसिंह ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरी राखिएको भन्ने सूचनाको अधारमा मंगलवार खान तलासी गर्दा उक्त कोठाको पर्खालमा लकाई छिपाई राखिएको अवस्थामा ६५ किलो चाँदी बरामद भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

त्यसैगरी, पर्सा प्रहरीले वीरगंज ६ कुमालटोलबाट २१० क्विन्टल अवैध प्याज भण्डारण गरिएको अवस्थामा बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार पठाएको छ। उक्त प्याज वीरगंज-६ का व्यवसायी बलिरामजी प्रसादको रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell