PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

एथ्लेटिक क्लबमाथि रियल मड्रिडको सहज जित, बेन्जेमाको दोहोरो गोल



पहिलोपोस्ट

एथ्लेटिक क्लबमाथि रियल मड्रिडको सहज जित, बेन्जेमाको दोहोरो गोल

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एथ्लेटिक क्लबमाथि सहज जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिडले ३-१ गोलअन्तरले जित निकालेको हो।

मड्रिडको जितमा करिम बेञ्जेमाले दुई गोल तथा टोनी क्रुसले एक गोल गरे।

खेलको १३ औं मिनेटमै रउल ग्रासिया रेड कार्ड खाँदै बाहिरिँदा एथलेटिक क्लब १० खेलाडीमा सीमित भएको थियो। उनले टोनी क्रुसलाई फउल गरेपछि दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए।

पहिलो हाफको अतिरिक्त समयमा घरेलु टोलीले अग्रता बनाएको थियो। भिन्सियस जुनियरको पासमा टोनी क्रुसले गोल गर्दै पहिलो हाफमा रियललाई अग्रता दिलाए।

दोस्रो हाफमा एथ्लेटिक क्लबले खेल बराबरीमा ल्यायो। खेलको ५२ औं मिनेटमा एन्डर कोपाले गोल गर्दै खेल बराबरीमा ल्याए। तर ७४ औं मिनेटमा रियलका लागि बेन्जेमाले गोल गर्दै फेरि अग्रता दिलाए। उनले नै अतिरिक्त समयमा लुका मोड्रिचको पासमा गोल गर्दै जित सुनिश्चित गरे।

जितसँगै रियल मड्रिड अंकतालिकाको शीर्ष तीनमा उक्लिएको छ। तालिकाको शीर्षतीनमा रहेका रियल सोसिडाड, एट्लेटिको मड्रिड र रियल मड्रिडको समान २६ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell