PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

वुल्भ्ससँग चेल्सी पराजित



पहिलोपोस्ट

वुल्भ्ससँग चेल्सी पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी वुल्भ्ससँग पराजित भएको छ। मोलिनिउक्स स्टेडियममा भएको खेलमा घरेलु टोली वुल्भ्सले चेल्सीमाथि २-१ गोल अन्तरले पुनरागमन जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले अग्रता बनाएको थियो। खेलको ४९ मिनेटमा ओलिभर जिरुढले चेल्सीलाई अग्रता दिलाएका थिए। तर ६६ औं मिनेटमा घरेलु टोलीका ड्यानियल पोडिएन्सले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै अतिरिक्त समयमा पेड्रो नेटोले वुल्भ्सका लागि गोल थप्दै निर्णायक गोल गरे।

पराजयसँगै चेल्सीले शीर्षस्थानको टोटेनहमसँग अंक बराबरी गर्न चुकेको छ। चौथो स्थानमा रहेको चेल्सीको १३ खेलबाट २२ अंक छ भने शीर्ष दुईमा रहेका टोटेनहम र लिभरपुलको समान २५ अंक छ। उता वुल्भ्स २० अंकसहित १० औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell