PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

घरेलु मैदानमा म्यानचेस्टर सिटीको रेलिगेसन जोनमा रहेको वेस्ट ब्रुमसँग बराबरी



पहिलोपोस्ट

घरेलु मैदानमा म्यानचेस्टर सिटीको रेलिगेसन जोनमा रहेको वेस्ट ब्रुमसँग बराबरी

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी घरेलु मैदानमा बराबरी रोकिएको छ। इतिहाद स्टेडियममा भएको खेलमा सिटी रेलिगेसन जोनमा रहेको वेस्ट ब्रुमसँग १-१ को बराबरीमा रोकिएको हो।

खेलमा इलके गुन्डोगनले सिटीलाई अग्रता दिलाएका थिए। उनले खेलको खेलको ३० मिनेटमा रहिम स्ट्रलिङको पासमा गोल गर्दै अग्रता दिलाए। तर खेलको ४३ औं मिनेटमा रुबिन डायसले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आयो। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा खेल बराबरीमा रोकियो।

बराबरीसँगै सिटी २० अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ। अर्कोतर्फ वेस्ट ब्रुम १३ खेलबाट १७ अंक जोड्दै रेलिगेसन जोनबाट माथि उक्लन संघर्ष गरिरहेको छ। वेस्ट ब्रुम तालिकाको १९ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell