PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अध्यादेशविरुद्ध प्रचण्ड - नेपाल यस्तो कदमको तयारीमा, 'विवादमाथि विवाद थुप्रियो, अब के हुन्छ भन्नै सक्दिनँ'



प्रकाश भण्डारी

अध्यादेशविरुद्ध प्रचण्ड - नेपाल यस्तो कदमको तयारीमा, 'विवादमाथि विवाद थुप्रियो, अब के हुन्छ भन्नै सक्दिनँ'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद निर्णायक चरणमा प्रवेश गरेको छ। मंगलवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर लोकतन्त्रमाथि खिल्लि उडाएको भन्दै उनी विरोधी नेताहरु झनै चिढिएका छन्। कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले ओलीले अध्यादेश ल्याएर आफैलाई अप्ठ्यारोमा पारेको बताएका छन्। उनीहरु बिहीवारको स्थायी कमिटी बैठकमा ओलीविरूद्ध आक्रामक हुने देखिएको छ।

'ओलीले जवाफ दिनुपर्छ'

वैशाख ८ मा अध्यादेश ल्याउँदा ओलीबिरुद्ध आक्रामक भएका नेता अहिले पनि उनीबिरुद्ध उत्रिएका छन्। चर्को बिरध पछि त्यति बेला ओलीले अध्यादेश फिर्ता लिएका थिए। बुधवारको स्थायी कमिटी बैठकमा प्रचण्ड नेपाल निकट नेताले ओलीबिरुद्धको आवाजलाई झनै बुलन्द बनाउने तयारी गरेका छन्।

स्थायी कमिटी सदस्य भीम रावलले ओलीले स्थायी कमिटिमा जवाफ दिन तयार हुनुपर्ने बताए। उनले पार्टीको बिबाद बढिरहेका बेला ओलीले राम्रो नगरेको तर्क गरे। 'बैठकमा अध्यक्षको नाताले उहाँले जवाफ दिनुपर्छ। यसबाट आउनसक्ने परिणामको जवाफदेही पनि उहाँ नै हो,' उनले भने

'अन्तिमसम्म कुर्छौ'

यता ओलीले सहमति तडेको भन्दै आक्रामक बनेका प्रचण्डले ओलीले ठीक कदम नचालेको प्रतिक्रया दिएका छन्। उनी निकट नेताका अनुसार ओलीको कदमले आफै कमजोर हुँदै गएको प्रचण्डले टिप्पणी गरेका छन्। मंगलवार साँझ आफू पक्षका नेतालाई खुमलटार बोलाएर आजको स्थायी कमिटी बैठकबारे रणनीति बनाएका उनले आजको बैठकबाटै निकास निकाल्नु पर्ने बताएका थिए।

मंगलवार साँझ बीबीसी नेपाली सेवालाई दिएको अन्तवार्तामा ओलीलाई अन्तिमसम्म कुर्ने प्रचण्डले बताएका छन्। उनले ओली निरंकुशतातर्फ जान खोजेको अरोप लगाए।

'यसले कहीँ न कहीँ संसद्को अपमान गर्ने, संसद्लाई मिनिमाइज गर्ने र निरङ्कुशतातिर जाने कुराको सङ्केत गरेको महसुस गर्छु’, उनले भने।

ओलीलाई संसद र पार्टी छलेको अरोप लगाउँदै प्रचण्डले लोकतन्त्रको उपहास भएको बताए

‘मेरो विचारमा यो संसद्को नियमित अधिवेशन बोलाउनैपर्ने बेलामा, अस्ति भर्खरै सर्वदलीय बैठक देशमा सबै प्रमुख दलहरूले तुरुन्त बैठक बोलाउन माग पनि गरिरहेको सन्दर्भमा अहिले आफ्नो पार्टीमा स्थायी समितिको बैठक चलिराखेको छ र पार्टीलाई पनि छलेर जसरी उहाँले अध्यादेश ल्याउनुभयो लोकतन्त्रको योभन्दा ठूलो उपहास हुन सक्दैन,’ उनले भने।

'विवादमाथि विवाद थप्यो, अब के हुन्छ भन्न सक्दिनँ'

स्थायी कमिटि सदस्य बेदुराम भुसालले अब के हुन्छ भन्न नसक्ने बताए। उनले बिवादमाथि बिवाद थपिँदा सुखद परिणाम नआउने उल्लेख गरे। आजको स्थायी कमिटि बैठक ओलीकाबिरूद्ध उभिने उनको धारणा छ। 'अब त के हुन्छ भन्नै सकिन्न। बैठकमा गलत कदमको बिरोध हुन्छ,' उनले भने। अर्का स्थायी कमिटी सदस्य देव गुरुङले ओली निरंकुश हुन थालेको अरोप लगाए। उनले ओलीको एकात्मक सोच र निषेधको राजनीतिले गलत बाटोतर्फ राजनीति अघि बढेको बताए। 'यो निषेध गर्ने परिपाटी हो। विपक्षी दलको नेतालाई समेत साथमा लिनुपर्ने बेला आफ्नै पार्टीमासमेत विभाजन ल्याएर आफैले मात्र गर्ने एकात्मक शासनमा मात्र हुन्छ,' उनले भने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell