PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

लागू औषधसहित पोखरामा एक युवक समातिए



पहिलोपोस्ट

लागू औषधसहित पोखरामा एक युवक समातिए

काठमाडौंः प्रहरीले लागूऔषध सहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका वडा नम्वर ८ न्यूरोडबाट एक युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नम्बर ८  घर  भएका ३० वर्षीया अशोक वाचे मगर रहेका छन्। प्रहरीले मगरको कोठामा लुकाइ राखेको लागूऔषध डाईजापाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल, ब्रुफिनर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागूऔषध बरामद गरेको हो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell