PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

स्थायी कमिटी बैठक बालुवाटारमै बस्ने : बैठक स्थगित गर्ने ओलीको प्रस्ताव, प्रचण्डको अस्वीकार



पहिलोपोस्ट

स्थायी कमिटी बैठक बालुवाटारमै बस्ने : बैठक स्थगित गर्ने ओलीको प्रस्ताव, प्रचण्डको अस्वीकार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक १ बजे बालुवाटारमा बस्ने तय भएको छ। बालुवाटारमा बस्ने तय भएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 'एक बजे बालुवाटारमा बस्ने बैठकका लागि जाने तयारी गर्दै छौं,' उनले भने।

बुधवारको स्थायी कमिटी बैठक रोकेर सहमतिका लागि छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरे पनि प्रचण्डले अस्वीकार गरेका छन्। ओलीले खुमलटारमा आफ्ना पक्षका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पठाएका थिए। पोखरेलले आजको बैठक रोक्न प्रचण्डलाई आग्रह गरेका थिए। तर, प्रचण्डले आजको बैठक रोक्न नसकिने जवाफ दिएको उनी निकट स्रोतले बताएको छ। 'बैठक रोकौं भन्ने प्रस्ताव थियो। तर त्यसमा सहमत हुने कुरो भएन,' स्रोतले भन्यो।

मंगलवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले एका एक संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको विवाद झनै बढेको छ। प्रचण्डले ओलीले निरंकुशताको संकेत गरेको र उनका कदम रोक्न आफूले पहल गर्ने प्रारम्भिक प्रतिक्रिया दिएका थिए। प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहका नेताले बुधवारको स्थायी कमिटी बैठकमा ओलीको हठात निर्णयबारे छलफल हुने बताइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell